इन्टर कलेज व्याण्ड कम्पिटिसनको तयारी पूरा, विजेतालाई १ लाख
पाेखरा | असोज १०, २०८०
पोखरा: पोखरा सांगीतिक कलाकार संघले आयोजना गर्न लागेको इन्टर कलेज व्याण्डक कम्पिटिनसको तयारी पुरा भएको छ ।
पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पिटिसनको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज १२ र १३ गते हुने सो प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार पो प्रतियोगिताका लागि २१ टिमको छनोट भएको छ । उनले अन्तिम चरणका लागि १० कलेजका व्याण्ड छनोट हुने बताए ।
उनका अनुसार प्रथम हुने समूहले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वित्तिय र तृतीय हुने समूहले क्रमश नगद रु ५० हजार, २५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कम्पिटिसनमा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
सो कम्पिटिसनमा निर्णायकका रुपमा किरण वैद्य, अमित गुरुङ, सामसुङ तामाङ, सुनिल थापा र विनोद बाँनिया रहने आयोजकले जनाएको छ ।
कम्पिटिसन पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

